चितवनको माडीमा बस दुर्घटना

लोकपथ
1.6k
Shares

चितवन । जिल्लाको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन् ।

भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो ।

सो बसमा पच्चिस जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार बस अनियन्त्रित भई रुखमा ठोक्किएको हो । घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उनले जानकारी दिए । घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ । बस चालक फरार रहेकाले खोजी जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?