काठमाडौं । हिजो घरबाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा ल्याइने भएको छ । लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने प्रहरी स्रोतले जनाएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगीको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यसलाई चित्त नबुझाइ साधारण तारेखमा छाड्नुपर्ने मागसहित लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।
जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई पुनः थुनामा राख्न आदेश दिएको हो ।
त्यससँगै लामिछाने पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया