रविलाई भैरहवा लगियो, सोमबार अदालतमा उपस्थित गराइने

लोकपथ
980
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा लगिएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगीको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यसलाई चित्त नबुझाई साधारण तारेखमा छाड्नुपर्ने मागसहित लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई पुनः थुनामा राख्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?