राजतन्त्र फर्किन सम्भव छैन : रक्षामन्त्री राई

लोकपथ
70
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  

उनले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरू पनि आन्दोलनबाट फालिएको उल्लेख गरे । 

उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गर्नुभएका पुर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताए  । राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए ।  

उनले आफूहरूले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको बताए । आफूहरूले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गरे ।  

मन्त्री राईले किराँत राई समुदायका मानिसहरू बेइमानी हुन नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?