काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स एसयूभी केही समय अगाडी चीनमा सार्वजनिक गरेको थियो ।
उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो ।
यद्यपि टोयोटाको ब्राण्ड रहेको भए पनि विशेष गरी ‘जीएसी’मा आधारित छ ।
यसमा उही साइज, मोटर र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको कम्पनीले जनाएको छ ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको लम्बाइ ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि, ह्वीलबेस २,७६५ मिमि रहेको छ ।
त्यस्तै टोयोटाले दाबी अनुसार बीजेडथ्रीएक्समा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएको जनाइएको छ ।

चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो ।
उक्त गाडी बिक्री सुरु भएलगत्तै बजारमा त्यसले तहल्का मच्चाएको थियो । बिक्री सुरुको एक घण्टामा नै १० हजार भन्दा बढी अर्डर भएको र त्यसकै कारण टोयटाको सर्भर समेत क्र्यास भएको दाबी गरिएको छ ।
नेपालको सन्दर्भमा, GAC AION (जीएसी आयोन) ब्राण्डको आधिकारिक वितरक सीजी मोटर्स रहेको छ । यस अन्तर्गत आयोन वाई र आयोन भी जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन् ।
नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सीजी मोटर्सले आयोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
यस्ता छन् विशेषताहरु :
आयोन भीको राम्रो विशेषताका कारण नै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ ।
जीएसीको लम्बाइ ४,६०५ मिमि, चौडाइ, १,८५४ मिमि, उचाइ १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स १८५ मिमि, ह्वील साइज १९ इन्चको मल्टिस्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको रहेको छ ।
त्यस्तै गाडीको अगाडि भागका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ ।

लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ ।
प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ ।
सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन् । आयोन भीको सुरुवाती मूल्य ६४ लाख ९९ लाखदेखि राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया