जितको लागि नेपालले पायो १६९ रनको लक्ष्य 

लोकपथ
49
Shares

काठमाडौं । अफगानिस्तानको यु-१९ टोलीले नेपाललाई जितको लागि  १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मुलपानी मैदानमा टस जिते पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ५० ओभरमा १६८ रन जोड्दै नेपाललाई रनको लक्ष्य प्रस्तुत गरेको हो ।    

बलिङ्मा नेपालका लागि सन्तोष यादबले तीन विकेट लिए । त्यस्तै, सिबरिन श्रेष्ठ र विपिन शर्माले समान २-२ विकेट लिए । अपराजित पोडेल र अभिषेक तिवारीले एक विकेट लिए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो। यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। यदि आज अफगानिस्तानले खेल जिते यो अभ्यास सिरिज अफगानिस्तानले जित्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?