काठमाडौं । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठ्ठी जुलुस निकालेका छन् ।
केही दिन यता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज काठमाडौंको माईतीघरमा सिठ्ठी जुलुस निकालेका हुन् ।
उनीहरुले काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म सिठ्ठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया