वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छ : मन्त्री ठकुरी 

लोकपथ
77
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । 

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन्  । 

उनले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए । उनले सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएर विभिन्न विकल्पहरूबारे सोचिरहेको पनि बताए ।  

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन उनको गर्ने बताए  । उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।   

उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यस सम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताए । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?