काठमाडौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिम कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ ।
आइतबारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाइने बताए ।
यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित विश्वास व्यक्त गरे । उनले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरू समेत एकीकरण गर्दै लैजाने बताए । स्थानीय तहहरूले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई समेत बोर्डअन्तर्गत ल्याइने उनको भनाइ छ ।
सबै तहका स्वास्थ्य अनुदानका सेवाहरू एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया