नयाँ वर्षको अवसरमा सीजीका उत्पादनमा ३०% सम्मको छुट

लोकपथ
210
Shares

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नेपालीहरूको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरू ल्याएको छ । 

सीजी डिजिटल मल्टी ब्राण्ड शोरुमको रूपमा परिचित भक्तपुरको राधेराधेस्थित सीजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । 

विभिन्न १३ ब्राण्डका उत्पादनहरू विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरू पनि ल्याएको छ । शोरुमका इन्चार्ज रोमन खत्रीले यस वर्ष नेपालीहरूको नयाँ वर्षको अवसरमा कम्पनीले एक्सेन्ज अफरका साथै किस्ताबन्दीको सुविधा तथा फ्री डेलीभरी र फ्री इन्सटलेसन सुविधा अफरको रूपमा ल्याएको पनि जानकारी दिए ।

नयाँ वर्षको अफर यही चैत्र २१ गतेदेखि सुरु भएको छ । गुणस्तरीय उत्पादन, ग्राहक सन्तुष्टि र नवीन प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै आइरहेको सीजी इलेकट्रोनिक्सले देशभरका कुल २७ वटा शोरूममार्फत आफ्ना उत्पादनहरू विक्री वितरण गर्दै आइरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?