वरिष्ठ पत्रकार भैरव रिसालको निधन

लोकपथ
280
Shares

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार साँझ ९७ वर्षको उमेरमा निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका  वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । भैरवको जन्म १९८५ साउन २९ गते भक्तपुरमा भएको थियो। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्युपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरेका थिए। वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरमा उम्मेदवार बनेका थिए ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?