स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

लोकपथ
189
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे। मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल  पुगेका थिए । 

मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?