तीन नाल बन्दुकसहित दुई जना पक्राउ

लोकपथ
504
Shares

काठमाडौं । मोरङको केराबारी गाउँपालिकामा अवैध वन्यजन्तु सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरू ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् । मोरङ प्रहरीका अनुसार उनीहरू भरुवा बन्दुकसहित वनमा सिकार गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले घटनास्थलबाट तीन नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । यस्तै, घटनामा संलग्न भएको आशंकामा ३५ वर्षीय धनबहादुर लिम्बू फरार रहेको र उनको खोजी भइरहेको छ ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध हातहतियार खरखजाना सम्बन्धी मुद्दा अघि बढाउने तयारी गरेको छ । यस घटनाले अवैध सिकार नियन्त्रणका लागि अझ कडा निगरानीको आवश्यकता औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?