काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारीमा देखिएको अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार लामिछानेलाई अदालतमा पेश गरी कानुनी प्रक्रिया पूरा गरेपछि आजै भैरहवा कारागार पठाउने तयारी छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पक्राउ आदेश जारी गरेपछि उनलाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो । शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
प्रहरीले अदालतको कार्यलय खुलेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। लामिछानेमाथि सुप्रिम सहकारीमार्फत भएको आर्थिक अनियमितता प्रकरणमा संलग्नता रहेको भन्दै अनुसन्धान अघि बढाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया