काठमाडौं । आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्न लागेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ ।
महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरी चैत २२ गते बिदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ । उनले २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका थिए ।
मन्त्रिपरिषद् बैठकपछि आजै साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधानमन्त्री कार्यालय सिंहदरबारमै बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया