काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टी उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्रको यसअघिको पदाधिकारी बैठकले उनलाई जिम्मेवारी दिने निर्णय गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकपथलाई जानकारी दिए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य बनाउँदै उपाध्यक्षमा मनोनीत गरेका हुन् ।
‘हाम्रो पार्टीले पूर्व उपराष्ट्रपति समेत भइसक्नुभएका हाम्रा पार्टीका नेता नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाएको हो,’ उनले भने ।
उनलाई उपाध्यक्ष बनाएर सबै तहमा सर्कुलर जारी गरिएको समेत सापकोटाले बनाए ।
पुन दुई कार्यकाल गरी ७ वर्ष उपराष्ट्रपति बनेका थिए । उनी उपराष्ट्रपतिबाट बिदा भएसँगै माओवादीको राजनीतिमा जोडिएका थिए । पार्टी बैठकहरुमा सक्रिय हुने गरेका उनी उनलाई जिम्मेवारी नै लिएर राजनीतिमा सक्रिय बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया