काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
उच्च अदालत रुपन्देहीको आदेशपछि शुक्रबार राति घरबाटै पक्राउ परेका लामिछानेलाई शनिबार रुपन्देही लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई केहीबेरअघि भैरहवा कारागार चलान गरेको हो ।
सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछाने यसअघि धरौटीमा रिहा भएका थिए । तर उनले साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । तर उच्च अदालतले भने उनलाई पक्राउ गर्न आदेश दिएसँगै उनले अब बाँकी मुद्दा थुनामै बसेर लड्नुपर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया