भैरव रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

लोकपथ
413
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले गत फागुन २१ गते भेट भएको र भौतिक रुपमा सो भेट नै अन्तिम भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गत वर्ष ९६औँ जन्मदिन मनाउँदा जाँदाको तस्बिर सेयर गर्दै श्रद्धाञ्जली अपर्ण गरे ।

रिसालको ९७ वर्षको उमेरमा गएराति निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?