साउदीले भारत र पाकिस्तानसहित १४ देशमाथि भिसामा अस्थायी रूपमा लगायो प्रतिबन्ध

लोकपथ
2.4k
Shares

काठमाडौं । साउदी अरेबियाले दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायी रूपमा भिसामा प्रतिबन्ध लगाएको छ । साउदीले यी १४ देशमाथि उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाएको हो । 

उमराह र भ्रमण भिसामा साउदी अरेबिया प्रवेश गर्ने र अनधिकृत रूपमा बसेर हजमा सहभागी हुने गरेको पाइएपछि साउदीले यो कदम चालेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्ध लगाइएका मुलुकहरूमा, भारत, पाकिस्तान र  बंगलादेशका अतिरिक्त इथियोपिया, अल्जेरिया, इन्डोनेसिया, इराक, जोर्डन, नाइजेरिया, इजिप्ट, सुडान, ट्युनिसिया,  यमन र मोरोक्को रहेका छन् । 

साउदीका अधिकारीहरूका अनुसार, हजमा हुने अनियन्त्रित भिड नियन्त्रण गर्न भिसामा अस्थायी प्रतिबन्ध लगाइएको हो । भिसा प्रतिबन्ध आगामी जुनको मध्यसम्म जारी रहनेछ । 

सन् २०२४ मा हजमा १२ सयभन्दा धेरैले ज्यान गुमाएका थिए । उनीहरूमध्ये धेरै अनधिकृत तीर्थयात्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?