संसद्को विशेष अधिवेशन बोलाएर शिक्षा ऐन जारी गर्न माओवादी केन्द्रको माग

लोकपथ
931
Shares
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका मागहरु राखी आन्दोलनरत शिक्षकहरुको माग पूरा गर्न आग्रह गरेको छ ।

यसअघि आफू नेतृत्वको सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै शिक्षकहरुको जायज माग पूरा गर्न आग्रह गरेको हो ।

माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन बोलाएर वा अन्य उपायबाट शिक्षकहरुको माग सम्बोधन गरिनुपर्ने बताए ।

‘हाम्रो पार्टीबाट तत्कालीन प्रधानमन्त्री क. प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गर्दछ । यस विषयलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकारसहित सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गर्दछौँ । साथै, शिक्षकहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरुको आन्दोलनका पक्षमा उभिन आह्वान गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरुले गत हप्तादेखि नै माईतीघरमा आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?