काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
महाप्रसाद अधिकारी पाँच वर्ष कार्यकाल पूरा गरी चैत २२ गते बिदा भएपछि राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा रहेको बेला ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको हो ।
आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै छ । मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया