रवि लामिछाने भैरहवा कारागारको चौँथो ‘ब्लक’मा, सिंगल कोठामा राखियो

लोकपथ
189
Shares

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।

सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पूरा गरेर लामिछानेलाई भैरहवा कारागार चलान गरेको हो ।

भैरहवा कारागारमा कुल ४ वटा ब्लक रहेका छन् । त्यसमध्ये लामिछानेलाई चौँथो नम्बरको ब्लकमा राखिएको हो ।

हाल भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये लामिछानेलाई चौँथो नम्बरको सिंगल कोठामा राखिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर लामिछानेले आफूलाई साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत शुक्रबार राति नै पक्राउ परेका उनलाई शनिबार मात्र भैरहवा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?