काठमाडौं । नेपालको चर्चित व्यवसायीक समूह चौधरी ग्रुप (सीजी) ले नयाँ वर्ष २०८२ का लागि विभिन्न नयाँ उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
आउँदै गरेको नयाँ वर्षको अवसरमा सीजीले नयाँ ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो विशेष योजना २०८१ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा आकर्षक लाभहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।
कम्पनीका अनुसार विभिन्न सामग्रीको खरिदमा ६१,८०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
त्यस्तै सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा २.१ स्पिकर, सेमी–अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा २ केजी एरियल पाउडर प्राप्त गर्न सकिनेछ ।
त्यस्तै फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल पाउडर, साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा, मिक्सर ग्राइन्डर, डिशवाशरको खरिदमा डिशवाशर किट उपहारको रुपमा प्राप्त गर्न सकिनेछ । त्यस्तै एयर कन्डिस्नर (एसी) को खरिद गर्दा निशुल्क जडान गरिदिने समेत कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहेको कम्पनीको दाबी रहेको छ ।
लामो समयदेखी सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ । देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।
नेपालमा, सीजीले आफ्ना प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ र यो ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र निरन्तर सहयोग सुनिश्चित गर्न समर्पित रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया