तीनकुने घटना : आगलागी भएको घरमा अन्तिमसम्म रहेकी यनी कुँवर पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा एक घरमा आगलागी हुँदा त्यँही रहेकी एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार कुँवरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी कुँवर राजावादीहरुले आगलागी गरेको तीनकुनेको मार्बल हाउसमा देखिएकी थिइन् । उक्त घरमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । घटनाको समयमा कुँवर त्यहीँ रहेकी थिइन्, उनले अन्तिमसम्म त्यहीँ रहेर अन्तिममा बाहिर निस्किएकी थिइन् । जतिबेला पत्रकार रजकले त्यहीँ आन्दोलनको दृष्यहरु कैद गरिरहेका थिए ।

कुँवर त्यहाँबाट बाहिर निस्किँदा अर्को एक व्यक्ति समेत त्यहाँबाट तल झरेका थिए । उनी सो घरमा तोडफोडमा संलग्न रहेका व्यक्ति थिए । ती व्यक्तिले मुख कपडाले छोपेका कारण प्रहरीले खोजीकार्य तीव्र बनाएको छ ।

घटनापछि कुँवर फरार रहेकी थिइन् । यसअघि लामो समय पत्रकारिता समेत गरेकी उनी पछिल्लो समय राजावादी अभियन्ताको रुपमा रहेकी थिइन् । उनी मोडल समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?