काठमाडौं । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने सीसीटिभी फुटाउन संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका कुमार तामाङ रहेका छन् ।
आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले तीनकुनेको मार्बल हाउस तोडफोड गर्नेदेखि आगो लगाउने केहीलाई पक्राउ गरिसकेको छ ।
त्यस्तै आजै प्रहरीले तीनकुने चोकमा पत्रकार सुरेश रजक जलेर मरेको घरमा अन्तिमसम्म रहेकी राजावादी अभियन्ता यनी कुँवरलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया