काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईँ अझै फरार रहेका छन् ।
सो दिन प्रहरीको सुरक्षा घेरा नै तोडेर भागेका प्रसाईँ अझैसम्म पक्राउ पर्न सकेका छैनन् । तर प्रहरीले दुर्गा प्रसाईँका दाई राजेश प्रसाईँलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
राजेशलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।
उनीसँग सोधपुछपछि मात्रै छाड्ने वा थप अनुसन्धान प्रक्रिया अघि बढ्ने टुंगो लाग्ने बोहराले बताए ।
‘उहाँलाई आज उहाँकै निवासबाट पक्राउ गरिएको छ । उहाँलाई आज यहाँ राखेर अनुसन्धान हुनेछ,’ बोहराले लोकपथसँग भने, ‘उहाँको बयान हेरेर थप अनुसन्धान गर्ने वा राख्ने भन्ने टुंगो हुन्छ ।’
सो दिन तीनकुनेबाट भागेका प्रसाईँ पेरिसडाँडास्थित दाइको घरमा पुगेर फरार रहेको प्रहरीको आशंका छ ।
तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्कम आन्दोलनपछि राप्रपाका दुई शीर्ष नेताहरुलाई समेत पक्राउ गरेर अनुसन्धानलाई अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया