काठमाडौं । भोलि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ ।
राजतन्त्र र हिन्दूराज्यलाई मुख्य मुद्दा बनाएको राप्रपाले भोलि बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
त्यसका लागि राप्रपाले स्वयमसेवक समेत खटाइसकेको छ, भने प्रदर्शनस्थल निरीक्षणका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु बल्खु पुगेका छन् ।
सोमबार साँझ अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही तथा मोहनकुमार श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनस्थल पुगेका हुन् ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा प्रदर्शनको तयारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो क्षेत्रमा शिक्षक लगायत अन्य समूहको समेत प्रदर्शन रहेकाले सिफल चौर वा बल्खुमध्ये एक स्थानमा प्रदर्शन गर्न आग्रह गरेको थियो । राप्रपाले बल्खुमा प्रदर्शन गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया