काठमाडौं– सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत बजारमा आएको छ । गायिका तारा अधिकारीको स्वरमा सार्वजनिक भएको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन् ।
“फूल फूल्यो फक्रियो” बोलको सार्वजनिक गीतमा संविन सुवेदीले संगीत संयोजन गरेका छन् ।
सार्वजनिक गीत गायिका अधिकारीको पाँचौ गीत हो। लामो समय संगीत साधना गरेकी अधिकारी भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् ।
२०७२ सालमा एकल एल्बम “किनारा” मार्फत सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्धा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानविय संवेदना र समाजप्रति उत्तरदायी देखिन्छिन् ।
बिन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनालले अभिनय गरेका छन् । जीवनको मध्ये बिन्दूमा बाँचि आएको जीवन प्रतिको सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी खुलेको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भूपेन्द्र थापा मगरले खिचेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया