काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

लोकपथ
3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट र्‍यालीहरू निकाल्दै बल्खुमा मुख्य विरोध कार्यक्रम आयोजना गरिनेछ। यसका लागि पार्टीले प्रशासनबाट पूर्वस्वीकृति समेत लिइसकेको छ।

उक्त दिन राजधानीमा शिक्षक तथा सहकारी र लघुवित्त पीडित समूहहरूले पनि छुट्टाछुट्टै प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भएर बानेश्वर–माइतीघर सडक खण्डको बिचमा प्रदर्शन गर्नेछ भने सहकारी तथा लघुवित्त पीडितहरूले शान्तिवाटिकामा विरोध कार्यक्रम आयोजना गर्नेछन् । जसका कारण राजधानीको प्रमुख सडकहरूमा सवारी आवागमनमा असर पर्ने सम्भावना छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै आवश्यक स्थानहरूमा सवारी साधन डाइभर्सनको व्यवस्था मिलाएको छ। सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार, आज निम्न स्थानहरूमा सवारी डाइभर्सन गरिनेछन्

मुख्य डाइभर्सन क्षेत्रहरू

शिवम् सिमेन्ट क्षेत्र

खसिबजार – मकालु – कलंकी – बाफल

बल्खु – कुलेश्वर – कालीमाटी – टेकु

कीर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना

आवश्यकताअनुसार थपिने सम्भावित डाइभर्सन प्वाइन्टहरू

त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला

चोभार, फर्पिङ, नख्खु दोबाटो, कोटेश्वर

पार्किङका लागि तोकिएका स्थानहरूस्

टियू गेटदेखि चोभार सडक खण्ड

सानेपा करिडोर सडक (दुबै तर्फ)

चोभार सुख्खा बन्दरगाह

नयाँ बसपार्क

सीतापाइला – बाफल सडकको एक लाइन

यस्ता कार्यक्रमका कारण प्रभावित क्षेत्र हुँदै सञ्चालन हुने सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?