आणविक तनावकाबीच ट्रम्पद्वारा इरानसँग प्रत्यक्ष वार्ताको घोषणा

लोकपथ
574
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो आणविक कार्यक्रममा प्रत्यक्ष उच्चस्तरीय वार्ताको घोषणा गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग ह्वाइट हाउसमा भएको भेटघाटको क्रममा यो घोषणा गरेका हुन् ।

उनले आगामी शनिबार धेरै उच्चस्तरीय अधिकारीहरू सम्मिलित ठूलो बैठक हुने कुरा पनि खुलासा गरे । ट्रम्पले आफूहरु इरानसँग प्रत्यक्ष वार्ता गरिरहेको बताए । वार्ता सफल हुने र सफल भएको खण्डमा इरानको सर्वोत्तम हित हुने बताए ।

ट्रम्पको यो घोषणा महिनौंदेखि इरानमाथि बढ्दो दबाबपछि आएको हो । जसमा तेल निर्यातमा कडा प्रतिवन्ध र सैन्य कारबाहीको धम्की समावेश छ । जबकि इरानका सर्वोच्च नेता अली खामेनीले ट्रम्पले आफ्नो अधिकतम दबाब नीति कायम राखेसम्म संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गरेका छन् । घोषणामा उपस्थित नेतान्याहूले वार्ताको बारेमा शंका व्यक्त गरे । इरानले अझै वार्तामा आफ्नो सहभागिता पुष्टि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?