प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्ने

लोकपथ
238
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । संविधानबमोजिम सबै प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीको सम्बोधन आज बिहान साढे ११ बजे हुने तय गरिएको छ। उनी आज बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आइपुग्नेछन् । त्यसपछि उनी जनकपुर विमानस्थलबाट सीधा प्रदेशसभा भवन पुग्ने तालिका तय गरिएको छ। प्रदेशसभा सम्बोधनपछि प्रधानमन्त्री ओली सिराहा प्रस्थान गर्नेछन्, जहाँ उनी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?