तीनकुने घटना : तोडफोड र आगजनीमा संलग्न थप ६ जना पक्राउ

लोकपथ
2k
Shares

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा तोडफोड, आगजनीमा संलग्न थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित शाह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेका ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

उनीहरुलाई आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गतको कसुरमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

चैत १५ गते नवराज सुवेदीले नेतृत्व गरेको आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि अराजकता मच्चाउने काम भएको प्रहरीको निष्कर्ष रहेको छ ।

प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ, भने दर्जनौँ अझै घाइते अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?