देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

लोकपथ
175
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।  

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले पछिल्लो दिनमा देशको समग्र विकासमा स्रोतको व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै गएको उल्लेख गरे । 

उनले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे ।  

उनले लगानीकर्ताहरूलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताए । उनले त्यसका लागि सरकारले अध्यादेशहरूमार्फत लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे ।  

अध्यादेशहरू अहिले कानुनको रूपमा आइसकेको र कानुनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्ने बताए ।  

उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरू रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?