बैतडी । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दशरथचन्द नगरपालिका–२ दल्लाबाट भरुवा बन्दुक १ थान सहित सोही नगरपालिका(२ दाडीमगडा बस्ने ५५ वर्षीय राज बहादुर बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया