काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभास्थल बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ ।
राप्रपाले त्यहाँ संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनासहितका माग राखेर प्रदर्शन गरिरहेको छ । त्यहाँ उसले सभाको पनि आयोजना गरेको छ । यसका लागि अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता पुगिसकेका छन् ।
मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घुसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरेका छन् । राप्रपाले शान्तिपूर्ण प्रदर्शन गरिने जनाएको छ ।
यता, राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न ठाउँबाट सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया