काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित बल्खुमा गर्न लागेको प्रदर्शनलाई लिएर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यो समाचार लेख्दासम्म प्रदर्शनस्थल शान्त छ । कुनै अप्रिय घटना भएको छैन । जुलुस आउने क्रम जारी छ । त्यसपछि अध्यक्ष लिङ्देनसहितले सम्बोधन गर्ने कार्यक्रम छ ।
गत १५ चैतमा तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आगजनी र तोडफोड भएको थियो । यसैलाई लक्षित गर्दै सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
यस्तै, त्रिविको परीक्षा नियन्त्रण कार्यालय र आसपासका सरकारी संरचना अगाडि पनि ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
प्रदर्शनस्थलमा एम्बुलेन्स र दमकलसँगै नेपाल रेडक्रस र मानव अधिकारकर्मीको टोली पनि परिचालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया