बल्खुमा जारी राप्रपाको सभामा घुसपैठ, केही व्यक्ति नियन्त्रणमा

लोकपथ
357
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मंगलबार बल्खुमा आयोजना गरेको सभा स्थलमा घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको परिचय खुलाइएको छैन । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले केही मान्छेहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभा स्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?