राजेन्द्र लिङ्देनको चेतावनी– ‘सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्छौँ’

लोकपथ
434
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् 

उनले भने, ‘सरकार म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिनँ । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ ’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?