काठमाडौं । राजावादी समूहका नाममा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको विध्वंसात्मक गतिविधिपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध राज्यविरुद्धको कसुरमा थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा पनि मुद्दा चलाइएको छ ।
प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।
१५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया