लेक लागेर पर्यटकको मृत्यु

लोकपथ
392
Shares

मनाङ ।  तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । 

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । 

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको अर्यालले बताए । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौं पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?