काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् ।
मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । तोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरू धवल समशेर राणा, रवीन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उनको आरोप छ ।
पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरूलाई नछोडिए जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौँ ? भन्दै गणतन्त्रवादी नेताहरूलाई प्रश्न समेत गरे ।
उनले पटक पटक सत्तामा बसेका नेताहरूले उद्योगधन्दा बेचेर खाएको समेत आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया