काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले गणतन्त्रवादीहरूले आफ्नो पार्टीलाई पेल्न खोजे विद्रोह गर्ने चेतावनी दिएका छन् ।
मंगलबार बल्खुमा आयोजित आम सभामा बोल्दै उपाध्यक्ष तामाङले यसैगरी पेल्न खोजिए चुनावी प्रक्रिया छाडेर विद्रोहको बाटो रोज्ने चेतावनी दिएका हुन् ।
उनले आफूहरू संविधानमार्फत व्यवस्था परिवर्तनको अभियानमा रहँदा गणतन्त्रवादी दलहरूले पेल्न खोजेको टिप्पणी गरे ।
उनले पार्टीका नेताद्वय रवीन्द्र मिश्र र डा।धवल समशेर जबरा जस्तै प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि पनि मुद्दा चलाउनुपर्ने तर्क गरे ।
उनले वर्तमान सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीलाई काम गर्ने मान्छे मन नपर्ने बताए । अहिले मुलुक सेटिङ र बिचौलियामार्फत चलिरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया