मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्छौँ : मन्त्री गुरुङ

लोकपथ
266
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकले चाँडै नयाँ गभर्नर पाउने बताएका छन् । 

मंगलबार मन्त्रीपरिषद्का बैठक सुनाउने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको  जवाफ दिँदै मन्त्री गुरुङले छिटो भन्दा छिटो राष्ट्र बैंकले गभर्नर पाउने बताएका हुन् ।  

उनले गभर्नर नियुक्तिका लागि समयमै हामीले गभर्नरको नियुक्तिका लागि सिफारिस गर्ने कमिटी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको र कमिटीले काम पनि गरिरहेको बताए । 

उनले गभर्नरको नियुक्तिमा दुई वटा पार्टीको बिचमा भागबण्डा नमिलेर ढिलो भएको भन्नेकुरा सत्य नभएको बताए । उनले डेपुटी गभर्नर निलम ढुंगानालाई सरकारले कार्यवाहक गभर्नर तोकिसकेकाले काम नरोकिने जिकिर गरे ।

उनले नेपाललाई ग्रे लिस्टबाट माथि उठाउने कुरा गभर्नरको हातमा मात्रै नरहेको र सरकारले ग्रे लिस्टबाट माथि उठ्नका लागि काम गरिरहेको बताए ।   मुलुकलाई ग्रे लिस्टबाट माथि उठाउने कुरामा सरकार लागिरहेको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?