सिराहा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
लहान नगरपालिका–१ सिङ्ग्राही डेरा गरी बस्ने सुरूङ्गा नगरपालिका–११ घर भएका परमानन्द चौधरीको छोरा १२ वर्षीय सुशील चौधरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
आँगनमा रहेको कलमा जडान गरेको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाइफ लाइन केयर अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया