पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
371
Shares

काठमाडौं । नेपाल आइडल सिजन–२ बाट उदाएका चर्चित गायक पवन गिरीको नयाँ म्युजिक भिडियो ‘वास्तविकता’ सार्वजनिक भएको छ ।

गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन गिरी स्वयंकै रहेको छ । गायक पवन आफैँले भिडियोको निर्देशन गरेको गीतमा अभिनेत्री प्रतिभा रानीको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियो Pawan Giri युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीत ‘वास्तविकता’ जीवनका यथार्थ, भोगाइ र भावनालाई आत्माबाट उब्जिएको स्वरमा अभिव्यक्त गर्न खोजिएको एक सांगीतिक यात्रा हो ।

झुटो मुस्कान, बनावटी सम्बन्ध र मुखौटाको भीडमा हराउँदा जीवनले दिएको चोट र सिकाइबाट जन्मिएको हिम्मतलाई गीतको केन्द्रबिन्दु बनाइएको छ ।

उक्त भिडियोलाई दर्शकहरुले मन पराइरहेका छन् साथै सकारात्मक प्रतिक्रियाहरु समेत दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?