काठमाडौं । हङकङमा आज बुधबारदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो ।
सो खेलमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाएका थिए । आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित र कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहेका थिए ।
कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई २० ओभरमा ५ विकेट गुमाएर १५१ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक/एक विकेट लिएका थिए । राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको नन्दन यादवलाई पहिलो खेलमै विकेट प्राप्त भएको हो । टी–२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया