काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
महासंघले जारी गरेको मूल्य सूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।
यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया