काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् ।
बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताए ।
दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने बताए । उनले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गरे ।
विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले उर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलश्रोतको भरपुर प्रयोग गर्न नेपालले चाहेको बताए ।
मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने भन्दै विद्युत् प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भएपनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरू रहेको बताए । एसियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिकन जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया