काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा, प्रदुषण नियन्त्रणमा राहत

लोकपथ
1.1k
Shares

काठमाडौं । लामो समयपछि काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

वर्षासँगै केही दिनदेखिको वायु प्रदुषण नियन्त्रणका लागि समेत राहत हुने देखिन्छ ।

मौसम विभागका अनुसार काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत अन्य जिल्लामा समेत वर्षा भइरहेको हो ।

केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदुषणले ढाकेको छ । जसका कारण बिरामीहरुको संख्या समेत बढिरहेको छ ।

वर्षाका कारण मौसम सफा हुने र वायु प्रदुषण नियन्त्रणका लागि राहत मिल्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?