मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैन : प्रधानमन्त्री ओली

लोकपथ
903
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै भ्रष्टाचारीहरूसँग सम्झौता हुन नसक्ने बताएका छन् । 

बुधबार नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

उनले मुलुकमा सुशासन कायम गर्न आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । मुलुकमा अझै पनि थाहा नहुने गरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरे । मुलुकलाई तीव्र गतिमा अगाडि बढाउनको लागि एकपछि अर्को अनुकूलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गरे ।  

देशमा ठुलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू बहुमतको साथ सरकारमा रहेकोले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ । 

वर्तमान सरकार  २०८४ सालको निर्वाचनसम्म जाने समेत उनको दाबी छ । मुलुकमा राजनीतिक स्थायित्वको कुरामा ढुक्क भएर लगानी गर्न तथा व्यापार व्यवसाय अगाडि बढाउन समेत उनको आग्रह छ । 

 प्रधानमन्त्री ओलीले भने, ‘मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ । म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?